धरान : इलाका प्रहरी कार्यालय  इटहरीले ३ सय ५५ लिटर घरेलु मदिरा बरामद  गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको मातहतमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइ छिपाई विभिन्न स्थानमा  राखिएका वा बेवासरिसे अवस्थामा ३ सय ५५ लिटर अवैध घरेलु मदिरा फेला पारिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

बरामद गरिएको रक्सी आवश्यक कारबाहीकोलागि आन्तरिक राजश्व कार्यालय, इटहरी सुनसरीमा बुझाइएको केसीले बताए ।