धरान : मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा गए राती आगलागी हुँदा ७० हजारको क्षति भएको छ ।

धनपालथान गाउँपालिका-५ दादरबैरिया बस्ने प्यारचन सरदारको टाटी बेरा भएको फुसको छानाको ग्वाली घरमा अचानक आगो सल्किन गई आगलागी भएको मोरङ जिल्लाका डिएसपी मान बहादुर राईले जानकारी दिए ।

राईका अनुसार स्थानीयले प्रहरीलाई टेलिफोन गरी जानकारी गराएका थिए । स्थानीय बासीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए ।

आगोलागिबाट ग्वाली घर पूर्ण रूपमा जलेर क्षति भएको, मानवीय क्षति केही नभएको तर ग्वाली घरमा बाँधेको बहर गोरु जलेर मरेको र आगलागीबाट ७० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।