धरान : वी.पी. प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहका एक संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालबाट रिफर गरिएका ५० बर्षिय पुरुषको आज १२:४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मस्तिस्कमा पक्षघात भएर हिजो साँझ अस्पताल भर्ना भएको अस्पतलाले जानकारी दिएको छ । बिराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा मृतकमा कोरोना पुष्टी भएको थियो ।