विराटनगर : प्रदेश १ मा आज ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेहथुममा १-१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहबीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेहथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ९५० पुगेको छ ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, काली सदन आइसोलेसन विराटनगर र कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट १-१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६१९ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।