धरान : लायन्स एण्ड लियो क्लब अफ दन्तकाली धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट ब्लड सङ्कलन  भएको छ ।
संस्थाका महासचिव इन्द्र बहादुर कार्कीको जन्म दिनको उपलक्ष्यमामा उक्त रक्तदान कार्यक्रम  गरिएको हो ।

कोभिड-19 को बेला विशेष गरेर धरान बाहिरबाट आउने बिरामिकालागि हुने रगत अभाबलाई सहयोग पुर्याउने उदेश्यले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक एबम क्लबका महासचिब कार्कीले जानकारी दिए।

रक्तदान कार्यक्रममा लायन्स रुक्मनी मास्केको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय धरान डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको प्रमुख अतिथि रहेका थिए ।
रक्तदाताहरूलाई प्रमाण पत्र समेत प्रदान गरिने  महासचिव कार्कीले जानकारी दिए ।