धरान : झापाका युवा धरानको होटलमा मृत फेला परेका छन् । होटलमा सँगै बसेका ३ युवतीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

झापाको माईधार घर भई हाल धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल धरान-१८ को सोलुखुम्बु होटलमा झुन्डिएको अवस्थामा फेला परेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

दर्नाल पलंगमा अ‍ेछ्याएको तन्नाको पासो लगाएर पंङखा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा होटलमा मङ्गलवार राती ९ः३० मृत फेला परेकामा हुन । उक्त होटलमा ३ जना युवति सँग बसेको खुलेकाले २३ वर्षीय सीता श्रेष्ठ, २१ वर्षीय कंचन र २४ वर्षीय सुस्मिता श्रेष्ठ लाई सोधपुछका लागि नियन्त्रणमा लिएको बस्नेतले बताए ।

दर्नालले १ महिना अगाडि सीता श्रेष्ठ सँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । तर, सीताका अर्का श्रीमान् समेत रहेको र एउटा बच्चा पनि भएको खुलेको छ । सीताले दर्नाल सँग दोस्रो विवाह नगरेको बताएको प्रहरीले जानकारी दिएकी छिन्।

शव आफन्तले जिम्मा लिएर दाह संस्कार समेत गरेका छन् । पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र रिर्पोट हालसम्म नआएको प्रहरीले जानकारी दिएको छ ।।

कसैले जाहेरी नहालेको हुनाले कुनै मुद्दा चलाइएको छैन । सोधपुछका लागि नियन्त्रणमा लिएका ३ जनालाई छाड्न लागिएको र प्रहरीले फरक कोणबाट अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए ।