धरान : धरान ३ स्थित पालिका तरकारी बजारका आगलागी पीडितहरूलाई प्रदेश एक सरकारले राहत सहयोग गरेको छ ।

आगलागीबाट क्षति पुगेका एघार वटा पसललाई तिस हजारका दरले सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका स्वकिय सचिव नवराज राईले एकमुस्ट चेक रकम भानु तरकारी पालिकाका अध्यक्ष राजेन्द्र शर्मालाई बुझाएका हुन् ।

धरान उपमहानगरपालिकाकी उप-प्रमुख मञ्जु भण्डारी, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, धरान-३ का वडाध्यक्ष आशा कुमार श्रेष्ठ वडा सदस्य विकास वनेपाली लगायतको उपस्थितिमा आगलागी पीडितहरूलाई सहयोग हस्तान्तरण गरिएकाे थियो ।