धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । 

गए राति उपचारको क्रममा मृत्यु हुनेहरूमा सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १ का ५५ वर्षीय पुरुष रहेका छन् । दुवै जनामा श्वास प्रश्वासमा समस्या, ज्वरो, खोकी र कानेपोखरीका सङ्क्रमितमा आन्द्रामा क्यान्सर भएको थियो ।

 मृतक दुवै जनाको शव स्वास्थ्य प्रोटोकल अनुसार व्यवस्थापन गर्न समन्वय भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिएका छन् ।