धरान स् धरान उपमहानगरपालिका, नगर बाल सञ्जाल, धरान ६ नं। वडा बाल सञ्जालले क्यापासिटी विल्डिङ तथा करियर काउन्सिलिङ कार्यक्रम वेबिनार मार्फत सम्पन्न गरेको छ ।

इन्टरनेटको सहयोग लिई जुम मार्फत सम्पन्न कार्यक्रम भाद्र २८ गते शनिवार देखि १० दिन सम्म सम्पन्न भएको थियो । प्रदेश नं। प्रत्येक दिन विभिन्न विषयमा विषय विज्ञहरूबाट प्रस्तुत भएको कार्यक्रममा नगर बाल सञ्जालमा आबद्ध बालबालिकाहरू, विभिन्न वडाका कर्मचारीहरू लगायत इच्छुकहरूको सहभागिता रहेको थियो ।

वेबिनार कार्यक्रमको उद्घाटन प्रदेश नं। १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी तथा ६ नं। वडाध्यक्ष भुवन सिंह बस्नेतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम राष्ट्रिय बाल दिवस २०७७ को अवसर कार्यक्रम सञ्चालन गरिएको हो ।

२०७७ को नारा विपद्मा बाल अधिकार सुनिश्चितता हामी सबैको प्रतिबद्धता भन्ने बाल दिवसको नारा रहेको छ । कोभिड १९ कोरोना भाइरसको सङ्क्रमणका कारण बालबालिकाहरूमा परेको नकारात्मक मनोवैज्ञानिक असर कम गर्दै स्वअध्ययनमा अभिप्रेरित गर्न वेबिनारले सहयोग पुुर्याउने उद्देश्य रेहेको धरान ६ नं। वडाका वडा सचिव तथा वेबिनार कार्यक्रमका संयोजक तुलसी आचार्यले बताए ।

वेबिनार कार्यक्रममा प्रमुख मोटिभेसन तथा वक्ताको रूपमा प्रदेश नं। १ का जीवन घिमिरे, नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक प्रदीप केसी, राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ, संयोजक आचार्य, श्री महेन्द्र भट्टराई, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, उदयमान युवा नेत्री रञ्जु दर्शना रहेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले बाल मैत्री नगरको विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रमलाई नगर बाल सञ्जालका सचिव निश्चल खड्काले उद्घाटन सत्रलाई होस्ट गरेका थिए । वेबिनार कार्यक्रम लाई नगर तथा वडा बाल सञ्जालका सदस्य बालबालिकाहरूले नै सञ्चालन गरेको बाल क्लबको अभिषेक खतिवडाले बताए । कार्यक्रम सोचे भन्दा बढी प्रभावकारी भएको र सहभागी बालबालिकाले मात्र नभएर आफूहरूले पनि धेरै कुरा सिक्न समूहका सदस्य धरान ६ वडा कार्यालयका ना।सु। दल बहादुर भट्टराईले बताए । वेबिनार कार्यक्रमको मिडिया पाटनर रूपमा कृति टेलिभिजन रहेको थियो ।