सुनसरी : सुनसरी हरिनगर-६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेका छन ।

गत विहिबार इनरुवा-१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा DIALEX-DC 100 ml. लेखिएको अवैध लागुऔषध ४९ बोलत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।