झापा : झापाकाे बिर्तामाेडमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु भएकाे छ ।

पाँचथर याङ्बरक-३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

शुक्रबार राती सवा ९ बजे झापाको बिर्तामोड-५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएकाे उक्त कार्यालयले जनाएको छ ।