धरान : मङ्गलवार देखि निरन्तर परेको पानीका कारण धरान १४ पिण्डेश्वर मन्दिर जाने बाटो बाबा धाम मार्गमा पहिरो गएको छ ।

 बाटो माथिबाट पहिरो झर्दा बाबा धाम मार्ग पिण्डेश्वर मन्दिर जाने बाटो अवरुद्ध भएको छ । पहिरोले धरान १४ का सेरबहादुर राईको घरमा क्षति पुगेको छ । यो सँगै आसपासका अरू ४ घरमा पनि पहिरोले असर पुर्‍याएको स्थानीय ओम राईले बताएका छन् । सेरबहादुर राईको परिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको बताइएको छ ।

 बाबा धाम मार्गमा यस भन्दा अघि पनि कमली माया लिम्बुको घर पहिरोले बगाएको थियो भने अरू केही घरमा बस्नै नमिल्ने गरी घरहरू चर्किएका छन् । 

Bijayapurma-Pahiro-1