गोरू काटेर खाएको आरोपमा ३ जना पक्राउ

  • आश्विन १०, २०७७
  • २१६ पटक पढिएको
  • कपुरी न्यूज
alt

झापा : झापाको अर्जुनधारा-५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ०८ बजे उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई तिनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ । यसै गरी उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved