धरान : विगतका वर्षहरूमा तामझामका साथ मनाइँदै आएको विश्व पर्यटन दिवस आज कुनै कार्यक्रम आयोजना विनै मनाइएको छ । 

आज ४१ औँ पर्यटन दिवस धरानमा बेलुन उडाएर मनाइएको छ ।  गत वर्ष यही दिवस विभिन्न कार्यक्रम गरी मनाइएको भए पनि यस वर्ष कोरोना भाइरस ९कोभिड १९० को महामारीले गर्दा प्रभावित बनेको हो ।

विश्व पर्यटन दिवसकै अवसरमा गत वर्ष धूमधामसँग मनाइएको यो दिवस धरानमा समेत बेलुन उडाएरै सिमितरुपमा मनाइयो । यस वर्ष दिगो विकासका लागि ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ मनाइएको पर्यटन दिवस धरान उपमहानगरपालिकामा पर्यटन व्यवसायीको आयोजनामा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले  बेलुन उडाएर मनाइएको छ ।

विश्व व्यापी कोरोनाका कारण भ्रमण वर्ष २०२० समेत प्रभावित बनाएको बताउँदै कोरोना भाइरसले सबैभन्दा बढी पर्यटन व्यवसायी मारमा परेको पर्यटन व्यवसायी वासुदेव बरालले बताए । 

उनले अहिले जीवन मरणको लडाइमा रहेका नेपालीहरूको हरेक व्यवसाय चौपट भए पनि पर्यटन व्यवसाय भने उठ्नै नसक्ने गरी थला परेको बताए ।

पर्यटनलाई धर्ना उपमहानगरपालिकाले महत्त्वपूर्ण पाटोको रूपमा लिँदै आएको धरान उपमहानगरपालिका प्रमुख तिलक राईले बताए । उनले पर्यटन दिवसकै पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकबीच महत्त्वपूर्ण सम्झौता भएको पनि बताए । धरानलाई केन्द्रबिन्दु बनाएर प्रदेश नंं १ को पर्यटकीय गन्तव्यको विकासमा यो सम्झौताले ठुलो महत्त्व राख्ने बताएका छन् ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्र तहसनहस भएको बताउँदै प्रमुख राईले पर्यटन क्षेत्रको विकासमा भविष्यमा धरान उपमहानगरपालिका लागि परेर अगाडि बढ्ने बताए ।