धरान : आज धरानमा साँझ ५ बजे पछि मात्रै लाइन आउने भएको छ ।

धरान स्थित नेपाल विद्युत प्राधिकरणको वितरण शाखाका प्रमुख प्रताप बरालका अनुसार दुहबी-धरान ३३ के. भि. प्रसारण लाइनको मर्मत सम्भार तथा लाईको छेउछाउमा रहेका रूखको हाँगा काट्नु पर्ने भएकोले आज साँझ ५ बजे पछि मात्रै बिद्युत धरानमा सुचारु हुनेछ ।

प्राधिकरणको नियमित तालिका अनुसार वर्षमा २ पटक धरान-इटहरी जङ्गल क्षेत्रमा रहेको ३३ के. भि. प्रसारण लाइनका आसपासमा रहेका रूख बिरुवाका हाँगाविना पन्छाउने भएकाले सोही अनुरूप कार्य हुने भएकोले धरान वितरण केन्द्र अन्तरगतका सेवा क्षेत्र धरान उपमहानगरपालिकामा विद्युत प्रसारण अवरुद्ध हुने केन्द्रका प्रमुख प्रताप बरालले बताएका छन् ।

काम अहिले भइरहेकोले जति चाडो काम सकियो उति नै चाँडो लाइन आउने पनि प्रमुख बरालले बताए ।

Bijuli