धरान : कोरोना महामारीको कारण धरान-१४ विजयपुरमा रहेको शक्तिपिठ दन्तकाली मन्दिरमा नौरथा पूजा नहुने भएको छ ।

दन्तकाली मन्दिर गुठी व्यवस्थापन समितिले एक सूचना जारी गरी असोज २२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार नेपाल भरीका कुनै पनि मठ मन्दिर शक्ति पीठमा सर्वसाधारण भक्तजनलाई प्रवेश नगराउनु भन्ने सूचना प्रवाह भएको हुनाले दन्तकाली मन्दिरमा सर्वसाधारणका लागि नौरथा पूजा नहुने जनाएको छ ।

मन्दिरमा दैनिक नित्य नैमित्य र दसैँ विशेष पूजा पुजारी बाहेक भक्तजनलाई प्रवेश गर्न नदिने भन्ने समितिले निर्णय गरेकोले यो कोरोनाको महामारीमा कोही पनि भक्तजन मन्दिरमा भिडभाड नगरी दिन अनुरोध गरिएको छ ।

समितिले सबै जना यस पल्ट घरमानै देवीको आराधना गरी दसैँ मनाउन समेत दन्तकाली मन्दिर गुठी व्यवस्थापन समितिले आग्रह गरेको छ ।

Suchana 1