धरान : मोरङको रंगेली २ दौलतपुर बस्ने ६० वर्षीय सर्वेशलाल राजवंशी मृत अवस्थामा फेला परेका छन् ।

हिजो अपरान्ह साढे ४ बजे दौलतपुर हटिया जान्छु भनी घरबाट हिँडेका राजवंशी घर फर्की नआपछी आफन्तहरूले खोजतलास गर्ने क्रममा उनलाई घरबाट करिब १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुबी मृत अवस्थामा फेला पारिएको भनी आज बिहान ६ बजे प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।