धरान : धरान ९ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

केही दिन अघि कोरोना सङ्क्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेका धरान ९ गौतम पथका ५८ वर्षीय पुरुषको गए राति मृत्यु भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिएका छन् ।

केही दिन अघि सङ्क्रमित भएर घरमै राखिएको थियो । हिजो साँझ देखि श्वास फेर्न समस्या भएको र विरामले अलि बढी च्यापेकोले बीपीमा उपचारको लागि लगिएको र उतै उनको मृत्यु भएको बताइएको छ ।