धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरानका एक जना सहित ३ जनाको मृत्यु भएको छ ।

 प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान ९ का ४४ वर्षीय महिला, इटहरी २० का ७५ वर्षीय महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । 


धरान ९ का सङ्क्रमित महिलाको हिजो अपराह्न ३ : १५ मा, इटहरीका ७५ वर्षीय महिलाको गए राति १२ : ५ बजे इमरजेन्सीमा र तेह्रथुमका ३१ वर्षीय पुरुषको आज बिहान ७ : १५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यो सँगै प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ ।