धरान : चाडपर्वमा मठमन्दिरहरूमा हुने भिडभाड र राजनैतिक सभा सम्भेलनलाइ लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ ।

दैनिक कोरोना संक्रमणदर बढिरहेको अवस्थामा वडा दशै भोलि देखि सुरु भइरहेको बेलामा कोरोना सङ्क्रमणको जोखिम अझै रहिरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गएको जिल्ला प्रशासन कार्यालय सुनसरीको सूचनामा उल्लेख गरिएको छ ।

चाडपर्व नजिकिएको र यो बेला मठमन्दिरहरूमा भिडभाड हुने भएकोले सङ्क्रमण फैलने जोखिम उच्च रहेको भन्दै निषेधाज्ञा जारी गरिएको हो । ‘मन्दिरमा नित्य पूजा गर्ने एक जना बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, उद्घाटन र सिलान्यस, राजनैतिक दलको कार्यक्रमहरूमा पनि रोक लगाएको छ ।

यसै गरी शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपुजाबाहेक सामुहिकरुपमा गरिने पूजाआजामा रोक लगाएको सूचनामा उल्लेख गरिएको छ ।

मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरूमा भेला हुन तथा पूजा गर्न, भक्ति सङ्गीत तथा भजनकिर्तनमा पनि रोक लगाएको प्रशासनले जनाएको छ । साथै सामुहिकरुपमा भेला भएर गरिने कुनै पनि क्रियाकलापहरूमा पनि रोक लगाएको प्रशासनको भनाई छ ।

धरान १४ विजयपुरका मठमन्दिरहरू पनि नौरथामा बन्द रहने

कोरोना सङ्क्रमणको जोखिम बढिरहेकोले धरान १४ विजयपुरमा रहेका शक्तिपिठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या लगायतका सबै मन्दिरहरू बन्द रहने छन् ।

बडादशैको पहिलो दिन घटस्थापनाको दिन देखि लागु हुने गरी विजयपुरमा रहेका सम्पूर्ण मठमन्दिरहरूमा कुनै पनि पूजाआजा, बली लगायतका कार्यहरू बन्द गरिने १४ नम्बर वडा कार्यालयले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

CDO-Suchana

14-no-suchana