धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् ।

प्रहरी दिवस २०७७ को अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले उक्त पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कारमा महानिरीक्षक शैलेश थापा क्षेत्रीको हस्ताक्षर रहेको छ ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेसागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यावसायिक क्षमताको प्रदर्शन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस अघि पनि २०७७ असार महिनामा उत्कृष्ट प्रहरी घोषित भएका थिए । उनले सुनसरी जिल्लामा हुने चोरी तस्करी , फरार अभियुक्तलाई पक्राउ गर्न सफल रहेका खनालले रसिदा खातुनको शङ्कास्पद हत्याकाण्ड र गुणराज हत्याकाण्डको अनुसन्धान अधिकृत भएर अतुलनीय भूमिका खेल्दा प्रहरीलाई परिणाममुखी नतिजा मिलेको,उनको कामले प्रहरी सङ्गठन अझ उच्च रहेको र नागरिकलाई सुरक्षाको प्रत्याभूति भएको हुँदा खनाललाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता तथा कुशल प्रहरी अधिकृत हुन् ।

विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरी अपराधमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरी, कानुनी दायरामा ल्याउनुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई ,प्रहरी सङ्गठनको छवि उच्च बनाई प्रशंसानिय कार्य गरेकोमा तथा अपराध नियन्त्रणका लागी अहोरात्र खटिएको मुल्याङकन गरेर प्रहरीहरूलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।