धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान इटहरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार इटहरी १ का एक जना कोरोना सङ्क्रमित ७९ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा आज बिहान ३ : ५ मिनेटमा मृत्यु भएको हो ।