विराटनगर : अवैध रूपमा भन्सार छली गरी लुकाई छिपाइ ल्याएको करिब ६ लाख मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्नका सामान हरू सुनसरी र मोरङबाट प्रहरीले बरामद गरेको छ । 

भारतबाट अवैध रूपमा लुकाई छिपाइ रानीको सीमा एरियाबाट ल्याउँदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्न सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी इनरुवा दुहबी सडक खण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज बिहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्न सामानहरू बरामद गरेको हो ।

साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा ट्याम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र ट्याम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाइएको छ ।