धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान तथा विभिन्न कार्यमा सहयोग पुर्याउने एक सञ्चारकर्मी सहित ११ जना व्यक्तिहरूलाई सम्मान गरेको छ ।

प्रत्यक्ष अप्रत्यक्ष रूपमा विभिन्न क्षेत्रमा रही सुनसरी प्रहरीलाई अपराध अनुसन्धानमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरू इनरुवा नगरपालिका-३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका-७ का रमेश यादव, इनरुवा नगरपालिका-३ का जिनियस निरौला रामधुनि नगरपालिका-१ कि सञ्चारकर्मी रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा-६ का जीवन पराजुली रहेका छन् ।

निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका-४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका-४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका-३ का जय प्रकाश शाह,कोसी गाउँपालिका-८ का मनोज सिपलिया यादव र हरिनगर गाउँपालिकाका एयुव अन्सारी रहेका छन् ।

Praviz alam

अपराध नियन्त्रणमा नागरिकको पनि निकै भूमिका रहेको बताउँदै थापाले औपचारिक कार्यक्रमका बिच उनीहरूलाई कार्यकक्षमा सम्मान गरेका थिए ।

सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रही प्रहरीको लागि साथ, सहयोगका सूचना दिएको अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई प्रहरी दिवसको अवसरमा सम्मान गर्ने गरिन्छ ।