आज नवरात्रको तेस्रो दिन । घर-घरमा माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरिँदैछ ।चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ ।

देवि चन्द्रघण्टाको स्वरूप 
नवरात्री तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिदैछ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा माते चन्द्रघण्टा नामले प्रख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र भएका हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

देवी चन्द्रघण्टा घन्ट ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि वहाँको स्वरूप भने सौम्य तथा शान्ति दायक नै छ । वहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप वहाँका साधकपनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् ।

चन्द्रघण्टाको उपासक, सिंह या बाघ जस्तै पराक्रमी तथा निर्भीक हुन्छन्, हुन्छन्, साथै सदगुणता, वीरता तथा विनम्रताको विकास हुन्छ तथा शरीरमा कान्ति र गुणको वृद्धि हुनेछ ।

आफ्नो दिव्य ध्वनि बाट भूत-प्रेत बाधाहरू हटाउनुका साथ देवी चंद्रघंटा कृपाले भक्तको सबै प्रकारको पाप कथा बाधाहररू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण देवीले शीघ्र नै गरिदिनुहुन्छ भन्ने जनविश्वास रहेको छ ।

देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक व्यवहारकै कारण त्यहाँ उपस्थित सबै सुख तथा शांतिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चंद्रघंटाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । देवीकाे आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाश हुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ ।

उहाँको ध्यान गर्ने मंत्र 'ॐ देवी चन्द्रघण्टायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'हो।