झापा : झापाकाे मेचीनगर-४ मा श्रीमानकाे कुटाईबाट एक महिलाकाे मृत्यु भएकाे छ ।

आईतबार साँझ श्रीमान् पर्वत राईले श्रीमती संगीता राईकाे हत्या गरेका हुन् ।

राईले घरायसी विवादमा ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने मुड्कीले हानेर मारिएको जनाएको छ । वडाध्यक्ष हर्कबहादुर बस्नेतले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएको छ । उनी काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।