धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत इटहरीका एक जना कोरोना सङ्क्रमित बृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार इटहरी २० निवासी ७८ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा आज बिहान ३ः५ बजे मृत्यु भएको हो ।

 यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ६३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।