धरान : पछिल्लो समय तराई क्षेत्र र सहरमा कोरोना सङ्क्रमण फैलिएको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरिरहेको बेलामा जिल्ला प्रशासन कार्यालय नजिकैको इनरुवाको सोमबारे हटिया भने आज भिड भाडका साथ लागेको छ । 

आज बिहान प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको निर्देशनमा सोमबारे हटिया लाग्न नदिएको बताइए पनि सर्वसाधारणको ठुलो भिडभाडका साथ हटिया लागि रहेको इनरुवाका सन्चाकर्मी अमर काफ्लेले बताए । इनरुवा नगरपालिकाको वडानं। ३ मा सातामा दुई दिन सोमबार र बिहीबार हटिया लग्ने गर्दछ । यही क्रममा आज दशैको मुखमा ठुलो भिडभाडका साथ हटिया लागेको छ ।

 जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर ठुलो भिडभाड र जमघट नहुन भन्दै निषेधाज्ञनै जारी गरे पनि प्रशासनको निर्णयलाई बेवास्ता गर्दे हटिया लागेको हो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि अधिकारीले भने “बिहान रोकेका थियौ अहिले फेरी लागेछ ।” सर्वसाधारणको अटेरीपनले यस्तो भएको स्वीकारे । सुनसरीमा भिडभाड  नहोस भनेर हिजो देखि सवारी साधनमा पनि जोरविजोर प्रणाली लागु गर्ने निर्णय भएको थियो ।

तर निर्णयलाई कार्यान्वयन गर्न निकै अप्ठेरो परेको प्रजिअ पोखरेलले बताए । कोरोना सङ्क्रमण बढिरहेकोले धेरै मानिस जमघट हुने कुनै पनि गतिविधि र हाट बजार लगाउन नपाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरी सकेको छ । 

तस्बिरहरु : अमर काफ्ले

Sombare-Hatiya-1 Sombare-Hatiya-2 Sombare-Hatiya-3