धरान : विराटनगर १६ स्थित भट्टी मोडबाट ठुलो रकमको बाजी राखी जुवा/ सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर १५ का २८ वर्षीय अपजर अलि रहेका छन् ।

पक्राउ परेका तिनै जनाले युएईमा जारी इन्डियन प्रिमियम लिग ९आइपिएल० क्रिकेटमा सट्ट बाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गए राति बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाइल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूले अनलाइनबाट कुन टिमको हारजित हुन्छ भनी बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जना माथि कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।