धरान : इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्रान्डका ३८ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

आफ्ना मोबाइल विभिन्न स्थानहरूबाट हराएको तथा चोरी भएको भन्ने विभिन्न व्यक्तिहरूले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिब १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोबाइल सेट फेला पारी आजै सम्बन्धित धनीहरूलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भए देखी हालसम्म विभिन्न ब्रान्डका अन्दाजी ३ सय ३४ थान मोबाइल सेटहरू फेला पारी सम्बन्धित धनीलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।