धरान : धरान उपमहानगरपालिकामा आज बिहानै २ सय ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आइतबार धरान १७ एन्फा क्वारेनटाइनमा १८६ जना र बाँकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिईएको स्वाबको नमुना मध्येबाट २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २२१३ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।