धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना इटहरीका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार कोभिड-१९ अस्पतालमा उपचाररत इटहरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यो सँगै बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।