विराटनगर : अवैध रूपमा भन्सार छली गरी लुकाई छिपाइ ल्याएको करिब ११ लाख मूल्य बराबरको सामानहरू मोरङ प्रहरीले बरामद गरेको छ ।

हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मूल्य बराबरको अतिसबाजी ९पटका०, खाद्यान्न तथा लत्ता कपडाहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतीय सीमा एरियाहरूमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामानहरू बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा एरियाहरूमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटक तथा खाद्यान्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाद्यान्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरूप तथा कानुन विपरीत अवैध रूपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरूप विशेष कदम चालिएसँगै यसरी अवैध रूपमा भन्सार छली गरी ल्याएका सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाउँदै आएको प्रहरीले जनाएको छ छ ।

Atisbaji

प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ
मोरङको विराटनगर १६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर रानी १५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० वर्षीय बिकी राई रहेका छन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाइट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागु औषध सहित आज बिहान सवा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना माथि जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

Laguausadh 2