धरान : उदयपुर चौदण्डिगढी १० देबधार बस्ने ९ वर्षीय विक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हिजो अपराह्न ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनी आफन्तले राती ९ बजे इलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।