धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार सुनसरीको गढी गाउँपालिका ४ की ५५ वर्षीय महिलाको उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

यो सँगै बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६८ पुगेको छ ।