झापा : गौरादह स्थित माउन्ट एभरेस्ट मा.वी. मा कार्यरत शिक्षक तथा कर्मचारीले तालाबन्दी गरेका छन् ।
जिल्ला प्याव्सन र इस्टुको जिल्ला कार्यसमिति बिच भएको सहमति अनुसार महिनाको तलब र चाडपर्व बापतको १ महिनाको खाइपाइ आएको तलब बराबरको रकम एकमुष्ट रूपमा शिक्षक कर्मचारीलाई बुझाउनुपर्ने सहमति भएको भएता पनि विद्यालयले आनाकानी गरेको कारण तालाबन्दी गर्नुपरेको इस्टु नगर समितिका अध्यक्ष सञ्जीव कार्कीले जानकारी गराएका छन् ।
असोज ७ गते विद्यालय प्रधानाध्यापक र शिक्षक तथा कर्मचारी बिच छलफल गरिएको र छलफल पश्चात् लगानीकर्ता सहितको संयुक्त बैठक बोलाइएको भएता पनि आज बुधवार संस्थापकहरू अनुपस्थित रहेकोले तालाबन्दी गर्न बाध्य पारिएको इस्टु गौरादह नगर सचिव सुभाष पाण्डेले बताए ।
उक्त विद्यालयका प्र.अ. प्याब्सनका केन्द्रीय उपाध्यक्ष हुन् भने इस्टु १ नं. प्रदेश अध्यक्ष यादवराज अधिकारी समेत सोही विद्यालयमा विगत २३ वर्ष देखि अध्यापन गराउँदै आएका भएकोले पनि आज गरिएको तालाबन्दीलाई निकै महत्त्वका साथ हेरिएको छ ।
गौरादह क्षेत्रमै सबैभन्दा भन्दा ठुलो र भौगोलिक हिसाबले पनि निकै फराकिलो क्षेत्र समेटेको विद्यालय मानिन्छ । कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा ४० जना भन्दा बढी शिक्षक कर्मचारी रहेका छन् ।
२०३५ सालमा स्थापना गरिएको यस विद्यालयमा कार्यरत शिक्षकहरूलाई महिना मर्ने बित्तिकै तलब भुक्तानी गर्ने गरेको भएपनी गत वैशाख देखि शिक्षक तथा कर्मचारीहरू सबै प्रकारको सुविधा बाट वञ्चित गरिएको पीडित शिक्षकले गुनासो गरेका छन् । गत मंगलबार बसेको इस्टु नगर समितिको बैठकबाट गौरादह क्षेत्रमा रहेका ३२ वटै निजी विद्यालयमा अनिश्चितकाका लागि विद्यालय बन्द गर्ने निर्णय गर्दै प्रेस विज्ञप्ति नै जारी गरिएको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        