धरान : धरानमा २४ घण्टाको अवधिमा १ सय २७ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार मङ्गलवार साँझ ४५, बुधवार दिउसो २७ र बुधवार साँझ ५५ जना गरी जम्मा २४ घण्टाको अवधिमा धरानमा १ सय २७ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३७० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।
यसै गरी बुधवार एन्फा क्वारेनटाइनमा ३९६ जनाको स्वाब संकलन गरिएको पनि स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।