धरान : धरानमा एक जना होम आइसोलेसनमा बसेका सहित थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भएर उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएका धरान ८ का ५४ वर्षीय महिला र अर्को धरान ८ लाङ्घाली चौकका ६० वर्षीय होम आइसोलेसनमा बसेका एक महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।