तेह्रथुम : तेह्रथुममा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु  भएकाे छ ।

प्रहरीले दिएकाे जनकारी अनुसार तेह्रथुम आठराई-५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको हाे ।

हिजो अपरान्ह सवाँ ५ बजे आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि वेहोस भएका थिए ।

वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साझँ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।