धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोटर साइकल चोरी गर्दा गर्दै एक जना रंगेहात पक्राउ परेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डका बिरामीका आफन्त धरान १७ का लक्ष्मण खनालको को २५ प ३५५६ नम्बरको कालो पल्सर मोटरसाइकल पार्किङ गरेर राखिएको ठाउँबाट चोरी गरेर लादै गरेको अवस्थामा धरान १६ का हरिप्रसाद निरौलालाई बीपीका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।

दुई जनाले आज बिहान साढे ४ बजे तिर गाइनो वार्डको पार्किङबाट मोटरसाइकल चोरी गरी डोर्‍याएर लादैं गरेको अवस्थामा शङ्का लागि सोधीखोजी गर्दा दुईजना मध्ये १ जना पक्राउ परेको प्रतिष्ठानका भिआइपी सेक्युरिटी सर्भिसका निर्देशक तेज लोहोनीले बताए ।

दुई जना मध्ये १ जना सुदिप दाहाल भागेका छन् । पक्राउ परेका हरिप्रसाद निरौला र मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।