धरान : वडा दशैको कारण कात्तिक १० गते सोमबार र ११ गते मङ्गलवार दुई दिन फोहोर संकलन नहुने भएको छ ।

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी धरान उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र तथा उक्त दिनहरूमा रुट पर्ने सबै घरधुरीहरूले फोहोरहरू सडकमा ननिकाल्न र नराख्नुहुन अनुरोध गरेको छ ।

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार विगतमा पनि वडा दशैको २ दिन फोहोर संकलन हुँदैन थियो ।

तर यस पटक सबैको जानकारीका लागि सूचना जारी गरी नगरबासीलाई जानकारी गराएको बताएका छन् । कर्मचारी दसैँ बिदामा हुने भएकोले अग्रिम सूचना जारी गरिएको हो ।

NP-Suchana