धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धरान ११ का कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान ११ की ५२ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ।