धरान : धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिरको पोखरीमा एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।

शुक्रवार राति १० बजे पोखरीमा आफै हामफालेको स्थानीयले देखे पछि अस्थायी प्रहरी चौकी विजयपुरका प्रहरी टोली र स्थानीय बासीले उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा आफै हामफालेका धरान-१४ का ३७ वर्षीय शम्भु राई रहेको प्रहरीले जनाएको छ । उनी के कारणले हाम फालेका हुन भन्ने बारेमा खुलेको छैन ।