धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना सङ्क्रमित बच्चीको मृत्यु भएको छ ।

 प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैचाकी ५ महिनाकी बच्चीको गए राति उपचारको क्रममा मृत्यु भएको हो । 

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा ज्यान गुमाउने कोरोना सङ्क्रमितहरूको सङ्ख्या ७२ पुगेको छ ।