धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धरान-१७ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार हिजो कोभिड अस्पतालमा भर्ना भएकी धरान-१७ की ६२ वर्षीय महिलाको शनिवार अपराह्न ३ बजे मृत्यु भएको हो ।