धरान : धरान उपमहानगरपालिकामा आइतबार साँझ १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फामा लिईएको स्वाबको नमुना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिईएको स्वाबको नमुना मध्येबाट १८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५५१ पुगेको महाशाखा प्रमुख मेहेताले बताएका छन् । उनका अनुसार धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ ।