धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान १६ की एक बृद्धा सहित २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान १६ निवासी ८३ वर्षीय बृद्धा महिला र मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का ६३ वर्षीय पुरुष गरी २ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

धरान १६ की सङ्क्रमित बृद्धा महिलाको हिजो अपरान्ह ३ : ५ बजे पथरी शनिश्चरेका सङ्क्रमित पुरुषको गए राति १० बजे मृत्यु भएको हो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।