साहसिक खेल पर्यटनकर्मी लेखमणि जिमीको निधन

  • कार्तिक ११, २०७७
  • १०२६ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरानमा प्याराग्लाडिङको साहसिक खेलका पर्यटनकर्मी लेखमणि जिमीको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान धरान-१७ मा निधन भएको हो । क्यान्सरको उपचार गर्दै गरेका जिमी १ महिना अघि मात्रै धरान फर्किएका थिए । काठमाण्डौबाट फर्किएका जिमी केही समय सङ्खुवासभा पुर्खौली गाउँ पनि गएका थिए ।

पछिल्लो समय धरानमै रहेका जिमीको धरान-१७ मा निधन भएको हो । तत्कालीन मेयर तारा सुब्बाले जिमीलाई धरान उपमहानगरपालिकाको पर्यटन समितिमा नियुक्ति गरेका थिए । धरान र पूर्व क्षेत्रमा साहसिक खेल पर्यटन प्याराग्लाइडिङको विकास तथा विस्तारमा जिमीको महत्त्वपूर्ण योगदान रहेको छ ।

उनी धरानमा सक्रिय साहसिक खेल पर्यटनसँग सम्बद्ध संस्थाहरू रहेको एक्स्ट्रीम धरानका अध्यक्ष पनि हुन् । जिमीले बुढासुब्बा प्याराग्लाइडिङ प्रालिमार्फत धरानमा व्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याएका थिए । जिमीको पार्थिव शरीरलाई आजै चतरामा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved