धरान : नेपालीहरूको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार आज देखि सुरु भएको छ ।

तिहार सुरु भएसँगै बजारमा पनि चहलपहल पनि बढेको छ । कोरोनाको महामारी बिच पनि धरानको बजारहरूमा सर्वसाधारणको भिड अत्यन्तै बढेको छ ।

Tihar-6

धरान बजार फुलमय भएको छ । धरानको मुख्य बजार भानु चौकको घण्टाघरको माथिल्लो पट्टी तिहारको सामाग्री बिक्री गर्ने पसलहरू फुटपाथमा थापिएकोले सवारी साधनहरू आउजाउ गर्न र सर्वसाधारणलाई सहज तरिकाले हिँडडुल समेत गर्न समस्या हुने गरेको छ ।

Untitled-3

धरानको रत्न रोड, निकेतन गल्लीका पसलहरू फुलमय भएका छन् भने बजारका भाडा पसलहरूमा पनि भिड बढेको छ । विगतका वर्षहरूमा झैँ यो वर्ष तिहारको खासै उल्लास नरहे पनि बजारमा सर्वसाधारणको अचाक्ली भिड बढेको छ ।

Tihar-4

तिहार बजारको भिडबाट कोरोना सङ्क्रमण फैलन सक्ने स्वास्थ्य विज्ञहरूको चिन्ता छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको भए पनि बजारहरूमा हुने भिडभाडमा भने खासै सम्बन्धित निकायको ध्यान पुगेको पटक्कै देखिँदैन ।

Tihar-5 Tihar-1 Untitled-2