तिहारमा नेपाली फूलले राम्रो मूल्य पाउँदा फूल किसान दङ्ग, धरानको कृषि बजारबाट मात्रै आज ५० टन फूल बिक्री

  • कार्तिक २९, २०७७
  • ६७२ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : यस पटक नेपाली फूलले राम्रो मूल्य पाएकोमा फूल किसान खुसी भएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ३ मालबासेका फूल किसान सुक बहादुर राईले यस पटक धरानको कृषि उपज बजार स्थलमा ६, ७ हजार मुठा फूल बिक्रीका लागि ल्याएका थिए ।

Ful-3

उनले कृषि उपज बजार स्थलमा ४० देखि ६० रुपैयाँ मुठामा फूल बेचेको बताए । यस पटक पहाडी क्षेत्रमा राम्रो फूल फुल्यो र छिप्पियो पनि । भारतबाट फूल आयत नहुने हो भने यस पटक तिहारमा नेपाली फुल किसानले राम्रो मूल्यमा फुल बेच्न पाउने उनी बताउँछन् ।

कृषि उपज बजार स्थल धरान १३ बाट मात्रै आज ५० टन फूल बिक्री भएको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । यस पटक नेपाली फुलले बजारमा राम्रो मूल्य पाएको व्यवस्थापक भट्टराईले बताए ।

Ful-2

विगतका तिहारहरूमा धरानको भानुचौकमा भारतीय फूलले निकै राम्रो बजार पाएको भए पनि यस पटक आज बिहान भने नेपाली स्थानीय सयपत्री फूलले भानुचौकको घण्टाघर अघि ढाकेको थियो ।

किसानलाई फूलको भाउ बढेर राम्रै फाइदा पुगे पनि उपभोक्ता भने गतबर्षको तुलनामा अलि महँगोमा फुल खरिद गर्नुपरिरहेको सर्वसाधारणले बताए ।

बजारको भिडले कोरोना सङ्क्रमणको जोखिम : 
तिहारको बेलामा धरान बजारमा सर्वसाधारणको अत्यन्तै भिड बढेको छ ।

धरानको भानुचौक आसपासमा जहीतही खुलेका फुटपाथका पसलहरूमा सर्वसाधारणको घुइँचो बढेको छ । सामाजिक दुरी पनि कायम नगरी तिहारको सामाग्री किन्न सर्वसाधारण धुइरिएको देखिन्छ ।

Ful

धरानको भानुचौकमा रहेको घण्टाघर उत्तर तिरको फुटपाथ पसल सञ्चालन गर्न धरान २ वडा कार्यालयले नै अनुमति दिएकोले त्यहाँको फुटपाथका पसललाई व्यवस्थापन गर्न नसकिएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

यसरी बजारमा सर्वसाधारणको अत्यधिक घुइँचो बढ्नुले गर्दा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणदर झन् बढ्न सक्ने देखिन्छ । यसबारेमा धरान उपमहानगरपालिकाले विशेष ध्यान दिन जरुरी देखिन्छ ।

Ful-1 Ful-4

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved